भाद्र-३१,२०७९
छत्रकोट गाउँपालिका-४ श्रृङ्गा गुल्मी।
श्रृङ्गा जनता मा.वि छत्रकोट ४ श्रृङ्गामा विज्ञान प्रदर्शनी आयोजना भएको छ ।
राष्ट्रिय विज्ञान दिवस २०७९का अवसरमा यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफूले निर्माण गरेका विज्ञान सम्बद्ध सामग्रीहरू प्रदर्शन गरेका छन् ।
“विज्ञान र प्रविधि मा लगानीको विस्तार ,समुन्नती र संवृद्दिको आधार” भन्ने नाराका साथ मनाइएको कार्यक्रममा बिभिन्न २८ विद्यार्थी तथा विद्यार्थी समूहको सहभागिता रहेको थियो ।
विद्यालयका प्र.अ विकासचन्द्र खरेलको अध्यक्षता , वि.व्य.स अध्यक्ष होमनाथ कँडेलको प्रमुख आतिथ्यता,शिक्षक,कर्मचारी ,तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विज्ञान शिक्षकहरु विकासचन्द्र खरेल,सिर्जना श्रेष्ठ र माधव ज्ञवालीले मूल्याङ्कन गर्नुभएको थियो ।
कार्यक्रममा आधारभूत तहमा सिद्दान्त बन्जाडे प्रथम,जनक कँडेल दितीय र अविरल के.सी तृतीय हुन सफल भएका छन् ।
यसै गरी मा.वि तह तर्फ अमित अर्याल र सौगात पन्थ प्रथम,स्मृति कँडेल र सिर्जना अर्याल दितीय र रोजी कँडेल र भावना कँडेल तृतीय हुन सफल भएका छन् ।
कार्यक्रमको सहजीकरण विज्ञान शिक्षक रमेस पन्थले गर्नुभएको थियो ।