सडक बालबालिकालाई न्यानो कपडा वितरण
टोपलाल अर्याल
गुल्मी, ७ असोज
सन नेपाल लाईफ ईन्स्योरेन्स गुल्मी शाखाले सडक बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । कम्पनीको पाँचौ वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको अवसरमा सडक बालबालिकाका लागि न्यानो कपडा तथा फलफूल वितरण गरिएको हो । महेन्द्र नमुना मावि का प्रध्यानाध्यापक कृष्णप्रसाद मरासिनीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलकोे प्रमुख आतिथ्यतामाा कार्यक्रम सञ्चालन भएको थियो ।
पौडेलले आफुहरुको काममा सहजकीरण गरेर सामाजिक उत्तरदायित्व देखाएकोमा सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडलाई धन्यवाद दिएका थिए । महेन्द्र नमुना माविका प्रध्यानाध्यापक मरासिनीले सन नेपाल लाईफले गरेको कार्यको प्रशंसा गरे । शाखा प्रमुख सन्तोष कँुवर क्षेत्रीले कार्यक्रम सञ्चालन गर्ने क्रममा बालबालिका व्यवस्थापनको महत्वपूर्ण कार्यमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।सोही अवसरमा महेन्द्र माविका बालबालिकाका लागि पुस्तक र कापी लगायत स्टेशनरी समेत वितरण गरेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी माधव राज खरेल, वडाध्यक्ष, शिक्षापे्रमी, समाजसेवी तथा सन नेपाल लाईफका कर्मचारी, अभिकर्ता, मार्केटिङ्ग कोअर्डिनेटर, मार्केटिङ्ग म्यानेजर लगायतको उपस्थिति रहेको थियो । गुल्मी सदरमुकाम तम्घासमा असंरक्षित सडक बालबालिकालाई अहिले व्यबस्थापनको पहल थालिएको छ ।
बजारमा डुलीडुली हिड्ने र बजारमा व्यक्तिहरुसँग पैसा माग्दै हिड्ने करिब १८ जना बालबालिकालाई जिल्लाको महेन्द्र माविमा व्यबस्थापन गरिएको छ । महेन्द्र माविमा रहेको स्काउट भवनमा ती बच्चाहरुलाई व्यबस्थापन गरिएको हो । ६ महिनासम्म कार्यक्रम सञ्चालन गर्दा पढाइमा भन्दा चरित्र निर्माणमा जोड दिने लक्ष्य रहेको छ । पढ्नु पर्छ, सडकमा माग्दै हिडनु हुँदैन, नचिनेको मान्छेले दिएको कुरा खानु हुँदैन, अनुशासित बन्नु पर्दछ भन्ने जस्ता कुराहरु सिकाएर बिस्तारै नजिकको विद्यालयमा उपयुक्त कक्षामा भर्ना गरी पठाउनु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।