चुरामणि तिमिल्सिना
आश्विन-९,२०७९
रिडी गुल्मी ।
गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत स्वास्थ्य शिविरको दोस्रो दिनको कार्यक्रम समपन्न भएको छ ।
आज सम्म सञ्चालन हुने शिविरमा अस्ति शुक्रबार र हिजो शनिबार गरि करिब १,५०० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिएको रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ शाखा प्रमुख छत्र बहादुर अधिकारीले बताउनु भयो।
रुरु क्षेत्र गाउँ पालिकाको मुख्य आयोजना तथा विभिन्न संघ सस्थाको सहयोग बाट कार्यक्रम आयोजना गरिएको र विभिन्न ठाउँबाट सेवा लिएर बिरामी गन्तव्य तर्फ फर्किदा आफू लाई खुसी लागेको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनु भयो।
शिविर बाट पाल्पा, स्याङ्जा,गुल्मी र अर्घाखाँचीका बिरामीहरुले स्वास्थ्य लाभ लिएका छन् ।
यस्ता विभिन्न प्रकारका सेवा मुलक कार्यक्रम सञ्चालन गर्न सबैलाई प्रेरणा मिलेको र बिरामीको चाप देख्दा बर्ष भरिमा कम्तिमा पनि ३ पटक सम्म गर्न सकेमा दीर्घ रोगी लाई प्रत्यक्ष फाइदा पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले उल्लेख गर्नु भयो।
बढी मात्रमा मुटु रोग, आँखा रोगी, ग्यास्टिक, उच्च रक्तचाप ,सुगर लगायतका बिरामीहरुले सेवा लिएको रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बिकको भनाइ छ ।
हिजो दोस्रो दिन कार्यक्रममा बरिष्ठ मुटु रोग बिशेषज्ञ डा प्रकाश लाल रेग्मीले मुटुका विषयमा लामो समय सम्म शिविर मै अन्तर्कृया कार्यक्रम समेत गर्नु भयो ।
अन्तकृया कार्यक्रममा सहभागीले फरक फरक शैलिका जिज्ञासा राखेका थिए ।
जिज्ञासा मेटाउदै लामो समय सम्म बाच्ने उपाय,मुटु बिगृने,तत्व हरु,विभिन्न नसाहरु,यसलाई न्यूनीकरण गर्ने उपायका विषयमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेल,गुल्मीका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद पौडेल,जनप्रतिनिधिहरु,सुरक्षा निकाय,पत्रकार,गाउँपालिकाका कर्मचारीहरु,स्थानिय संघ-सस्थाका प्रतिनिधीहरु,कलबका पदाधिकारीहरु,सामाजिक अभियानताहरु लगायतको सहभागीता रहेको थियो।
शिविर आज दिउसो १ बजे सम्म सञ्चालन हुने छ ।