असौज , १३
अर्जुन नेपाली ,छत्रकोट
छत्रकोट गाउँपालिका गुल्मीले बजार अनुगमन गरेको छ ।चाडपर्वका अवसरमा अखाद्य वस्तु बिक्री हुन सक्ने भएकोले उपभोक्ताको हित संरक्षण को लागि बजार अनुगमन गरिएको हो।
गाउँपालिका को वडा नं ३ लुम्छा बजारमा गरिएको अनुगमनका क्रममा केही उपभोग्य वस्तुको उपभोग गर्ने मिति नाघेका खाद्य सामग्री गाउँपालिकाले जफत गरेको छ।
गाउँपालिकाको योजना अधिकृत हरी टण्डनको नेतृत्वमा कर्मचारी प्रहरी र पत्रकार को टोलीले बजार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा खाद्य सामग्रीको उपभोग मिति नाघेको ,नयाँ पसलहरुले बोर्ड मूल्य सूची नराखेको , केही व्यवसायी हरुले व्यवसाय दर्ता नगरी सञ्चालन गरेको भेटिएको सूचना प्रबिधि अधिकृत भुषण भुसालले बताउनु भयो ।
बजार अनुगमनलाई निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर पुनले उपभोक्ता हरु पनि सचेत भई सामान किन्दा वस्तुको उपभोग मिति ख्याल गर्दै तौल, मूल्यका विषयमा पनि सचेत हुनुपर्ने बताउनु भयो ।