छत्रकोट गाउँपालिका ले सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। विजया दशमी , सुभ दीपावली नेपाल संवत् र ६७ पर्वका अवसरमा शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रम मा राजनैतिक दल र कर्मचारी , पूर्व जन प्रतिनिधि र वर्तमान जनप्रतिनिधि बिच सुभकामना आदान प्रदान गरिएको हो।
कार्यक्रम मा स्वागत गर्दै प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुन ले राजनैतिक प्रतिस्पर्धा का बीचमा तिता मिठा अनुभव हरु र कहीं कतै भएका वैननस्यता बिर्सेर समग्र छत्रकोट को विकास मा सक्रिय हुने प्रेरणा कार्यक्रम ले थप्ने बताउनु भएको छ।
पूर्व वडा अध्यक्ष धातानन्दा भन्डारीले पर्वहरू प्रतिस्पर्धा नभई परम्परा। संस्कृति भएकोले पर्व धनी गरीब सबैको आएको उल्लेख गर्दै सबैले मित्यबेई ढंगले मनाउन आग्रह गर्दै सुभकामना वेक्त गर्नु भयो ।
वडा न ५ का वडा अध्यक्ष राम प्रसाद कँडेल ले पर्वका आफ्नै विशेषता रहेकाले तडक भडक नगरी पर्व मनाउन आग्रह गर्दै सुभकामना बेक्त गर्नु भयो ।
राष्ट्रिय जनमोर्चा का नेता सामलाल पन्थले सुभकामना वेक्त गर्दै आगामी चुनाव मा राम्रो नेतृत्व चयन भई विकासले गति लिने र छत्रकोट बाट बसाई सराई भै छत्रकोट मा राम्रो भनेर बस्न आउने वातावरण बनोस् भन्नु भयो।
नेपाली कांग्रेस का सभापति धातानन्द भुसालले सुभकामना बेक्त गर्दै सबै छत्रकोट बासिको ओठ मा हाँसो आएमा मात्र सुभकामना आदान प्रदान ले सार्थकता पाउने भएकाले विपन्नता अन्त्य का लागि सबै सरोकार वाला को ध्यान जानु पर्ने बताउनु भयो।
नेकपा एमालेका अध्यक्ष पिताम्बर अर्याल ले पर्वका नाम मा हुने बिकृति हरु जुवातास , मदिरा सेवन अत्यधिक मांस आहार ले नराम्रो परिणाम भित्रने भएकाले पर्व हरु लाई संयमता पूर्वक मनाउन आग्रह गर्नु भयो।
गाउँपालिका का पूर्व उपाध्यक्ष नर्मदा भन्डारीले सुभकामना बेक्त गर्दै गछे अनुसार भव्य र सभ्य रूपमा मनाउनु पर्ने बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली ले सुभकामना आदान प्रदान ले पर्व मा हुने बीकृती हटाउन पनि मद्दत गर्ने र सरोकार वालाले पर्व लाई पर्वकै रूपमा मनाउन पर्ने बताउनु भयो।
गाउँपालिका का पूर्व अध्यक्ष मधुकृष्ण पन्थ ले पर्व ले श्रम , साम्मान र परम्परा लाई जोगाई राखेको बताउँदै राजनैतिक रूपमा सचेत भई विकासमा जोड दिनुपर्ने बताउनु भयो,संस्कृति परम्परा लाई सञ्चार माध्यम ले पनि महत्वपूर्ण रूपमा बचाई राखेको बताउनु भयो ।
यस्तै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे ले सुभकामना आदान प्रदान ले महत्वपूर्ण भूमिका राख्ने बताउनु भयो र सहकार्य को लागि पनि सुभकामना आदान प्रदान ले भूमिका खेल्ने बताउँदै सुभकामना व्येक्त गर्नु भयो।
कार्यक्रम को सहज कारण शिक्षा शाखाका प्रमुख टीकाराम आचार्यले गर्नु भएको थियो।