निर्माणधिन सडकमा छत्रकोट गाउँपालिकाले डोजर चलायो
अर्जुन नेपाली
१४ असोज छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका गुल्मीले भेडुवा गुन्टुङ्ग ठूलोपोखरा सडक खण्डमा डोजर चलाएको छ ।
२०७६ सालमा ठेक्का भई १८ महिनामा कालोपत्रे गर्नु पर्ने करिब ३ किलोमिटर बाटो ,निर्माण ब्यवसायीले समयमा काम नगर्दा, निर्माणका लागि राखिएको गिट्टी माटोले बाटो अस्तब्यस्त बने पछि गाउँपालिकाले डोजर चलाएको हो ।
गत असार ५ गते गाउँपालिकाले मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासमा सहजीकरणको लागि पत्राचार गरेको थियो ।
आयोजनाले निर्माण ठेक्का लिएको आचार्य बिल्डर्स बाग्लुुङ्ग र भुषाल कन्ट्रक्सन काठमाण्डौलाई काम सुचारु गर्न पत्राचार गरेको थियो । काम समयमा गर्न ताकेता गर्दा पनि निर्माण ब्यवसायी सम्पर्कमा नआए पछि, बाटोमा सहज आवागमनका लागि निर्माण सामाग्री हटाउन डोजर चलाएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताउनु भयो ।
जनप्रतिनिधी,प्रहरी,स्थानिय र संचारकर्मीको रोहोबरमा बाटो निर्माणको लागि बाटोको बिच बिचमा ठुला ठुला थुप्रा पारेर राखिएको गिट्टी माटो लगायतको निर्माण सामाग्री डोजर लगाएर हटाई बाटोमा सहज आवागमन गराउन लागिएको छ ।
निर्माण सामाग्री बाटोमा छरपष्ट राखिएकोले यातायतमा जाृेखिम बढेकोले गिट्टी माटो लगायतको निर्माण सामाग्री डोजर लगाएर हटाई बाटो ब्यवस्थीत गरिएको प्रमुख प्रसासकिय अधिकृत बिर बहादुर पुनले बताउनु भयो ।