कृष्ण अन्जान
बलेटक्सार
१५ आश्विन २०७९, शनिबार
नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले गठवन्धनको मनोवैज्ञानिक डर बाट मुक्त हुन कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमालेले हार्यो भने देश र जनताले हार्ने बताउँदै कार्यकर्ताहरुलाई एक भएर सँघ र प्रदेशको निर्वाचनमा लाग्न अग्रह गरे ।
गठवन्धनका नाममा काँग्रेसले आधासिटमा चित्त बुझाएको बताउनु हुँदै ज्ञवालीले समानुपातिक र प्रत्यक्ष गरेर एमालेले यो निर्वाचनमा १ सय पचास सिट प्राप्त गर्ने प्रारम्भिक अनुमान रहेको बयाउनु भयो ।
गुल्मी जिल्लामा करिब १६ अर्वको बजेटमा विभिन्न विकास आयोजना ,सडक निर्माण तथा अन्य काम हरु आफ्नो कार्यकालमा भएको ज्ञवालीले दावि गर्नुभयो ।
विस्तारित वैठकमा धारणा राख्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य कमल राज श्रेष्ठले कार्यकर्ता इमानदारीका साथ निर्वाचनमा लाग्नु पर्ने बताउँदै व्यक्तिका लागि होईन नेकपा एमालेका लागि भोट माग्नुपर्ने बताउनु भयो ।
खेतिपातिको परिभाषा दिनुहुँदै नेता श्रेष्ठले गरे खेति नगरे पाति हुने बताउँदै पार्टीका लागि खेति भित्र्याउने गरि लाग्न आग्रह गर्नुभयो ।
विस्तारित वैठकमा आफ्नो विचार राख्दै नेकपा एमाले गुल्मी जिल्ला अध्यक्ष वालशिँह काउछाले इमानदार भएर पार्टीको काममा लाग्न र आ आफ्नो ठाउँबाट एमालेको पक्षमा जनमत सिर्जना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।
विस्तारित बैठकमा सहभागी पार्टी कार्यकर्ता र जनवर्गीय सँगठनका सदस्य हरुले अझै जनपक्षीय कामका साथ पार्टीलाई सुझाव दिएका छन ।
एमाले रुरुक्षेत्र गाउँपालिकाका पार्टी अध्यक्ष फर्शुराम ज्ञवालीको अध्यक्षतामा भएको विस्तारित वैठकको सन्चालन सचिव तोय नारायण ज्ञवालीले गर्नु भएको छ ।
ध्चष्तभ तय रुरु एफ।एम। न्युज डेक्स