आश्विन(१६,२०७९
गुल्मी।
पल्लीकोट
छत्रकोट गाउँपालिका वडा नं २ पल्लीकोट मा अवस्थित कोट मन्दिरमा फूलपाती भित्र्याइएको छ ।
स्थानिय का अनुसार पिता पुर्खा देखि सप्तमी का दिन यस मन्दिरमा मगर समुदायका पुजारी बाट पूजा गरी कुभिण्डो को बली दिई कोट मा पूजा सुरु हुने र द्वादशी मा फूलपाती विसर्जन गरेपछि पूजा सम्मपन्न हुने परम्परा छ ।
हालको छत्रकोट गाउँपालिका को वडा नं २ पल्लीकोट नामाकरण यही कोटको नाम बाट रहन गएको मान्यता छ । यहाँ बाइसे चौबिसे राज्यकालमा तत्कालीन गुल्मी दरबार का सेना बस्ने गरेको स्थानीय अग्रज ले बताएका छन् ।