प्रतिभा प्राथमिक विध्यालयले गर्यो स्वर्ण महोत्सव स्मारिका लोकार्पण
कृष्ण अन्जन
असोज १८
थानपति गुल्मी
सामुदायिक विध्यालयको शैक्षिक विकासमा समुदायको चासो आवस्यक रहेको सोमबार रुरुक्षेत्र गाउँपालिका ३ को सागर पोखरीमा आयोजित कार्यक्रममा जोड दिईएको छ ।
स्थानिय प्रतिभा प्राथमिक विध्यालयको स्वर्ण महोत्सवको समापन चरणमा प्रतिभा दिप स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य कमल राज श्रेष्ठले सामुदायिक विध्यालयले गुणस्तर शिक्षामा जोड दिन आग्रह गरे ।
कुनै पनि कुराको विकास र विनास आफैमा निहित भएकाले राम्रो गर्न सके विकास र राम्रो गर्न नसके विनास हुने बताउँदै विध्यालयमा पनि शिक्षा राम्रो भए विध्यालय रहने र विध्यार्थी पनि नहुने र शिक्षा पनि गुणस्तर नहुने हो भने विध्यालयको मर्जर अपरिहार्य हुने प्रदेश सभा सदस्य श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा बोल्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले निजि विध्यालय प्रति विश्वास र सामुदायिक विध्यालय प्रतिको अविश्वासबाट मुक्त रहँदै सामुदायिक विध्यालयको दिगोपन का लागि पहल गर्न समुदाय सँग आग्रह गरे ।
आफू राम्रो कामका सधै लागेको र आम रुरुक्षेत्र वासि जनताले विश्वास गरेर पठाएको ठाउँमा कुनै आग्रह र पुर्वाग्रह विना काम गर्ने बताउँदै अध्यक्ष ज्ञवालीले कुनै पनि कुरामा निरपेक्ष बुझाई नराख्न आग्रह गर्दै विध्यालयको मर्जरका लागि गाउँपालिकाले तीन सदस्यीय कार्यदल बनाएर काम थालेको र परिस्थितिको आँकलन पछिमात्र विध्यालयको मर्जरमा जाने बताए ।
स्मारिका लोकार्पण कार्यक्रममामा आफ्नो भनाई राख्दै रुरुक्षेत्र गाउँ पालिकाका उपाध्यक्ष मिना गौतमले विध्यालयले स्वर्न महोत्सवमा विध्यालयको ईतिहास समेटेर स्मारिकाको रुपमा अभिलेखि करण गर्ने महत्त्वपूर्ण काम गरेको बताईन ।
विध्यालयका सँस्थापक अध्यक्ष तथा रुरुक्षेत्र गाउँ पालिकाका पुर्व अध्यक्ष निलकण्ठ गौतमले यो क्षेत्रको शैक्षिक विकासको केन्द्रको रुपमा स्थापित विध्यालयको निरन्तरको कामना गरे ।
विध्यालयले स्वर्ण जयन्तीको अवसर मा प्रकाशन गरेको प्रतिभा दीप स्वर्ण महोत्सव स्मारिका विमोचन गरिएको छ । स्मारिकाको अतिथिहरुले सँयुक्त रुपमा लोकार्पण गरेका हुन ।
साठी वटा लेख आलेख समेटिएको प्रतिभा दीप स्मारिकाको सम्पादक मण्डलमा कृष्ण अन्जान ज्ञवाली ,ज्ञाननिष्ठ ज्ञवाली,कृष्ण प्रसाद गौतम ,केशव ज्ञवाली ,हरि प्रसाद गौतम ,परमानन्द ज्ञवाली ,ज्ञानेश्वर ज्ञवाली र कमल प्रसाद ज्ञवाली रहेका छन ।
विध्यालय स्वर्ण महोत्सवको समापन तथा स्मारिका लोकार्पण कार्यक्रमको अध्यक्षता विध्यालय व्यवस्थापन समितिका अध्यक्ष हुतराज गौतम ,स्वागत विध्यालयका प्रधानध्यापक विष्णु प्रसाद ज्ञवाली र कार्यक्रम सन्चलान स्मारिका प्रकाशन सम्पादक मण्डलका सदस्य कृष्ण प्रसाद गौतमले गरेको पत्रकार कृष्ण अन्जानले समाचार पठाउनु भएको छ