लुम्बिनी प्रदेशमा कांग्रेसले १२ सिट पाउने
असौज २१
बुटवल
पाँच दलीय गठबन्धनको भागबन्डामा नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा जम्मा १२ सिट पाउने भएको छ।
लुम्बिनी प्रदेशमा संघीय निर्वाचन क्षेत्र २६ वटा छन। त्यसमध्ये कांग्रेसले संघीय निर्वाचन क्षेत्रमा १२ सिट पाउने र अन्य पार्टीले बांकी सिट बाँडफाँट गर्ने सहमति भएको कांग्रेस एक नेताले जानकारी दिए।
उनका अनुसार सिट बाँडफाँटमा पुरानो राप्ती अन्चल अन्तर्गतका जिल्लाहरू रुकुमपुर्व, रोल्पा प्युठान, र दाङबाट कांग्रेसले प्रतिनिधि सभामा एक सिटमा मात्रै उम्मेदवारी दिनने सहमति भएको छ ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनविरुद्ध लडेको कांग्रेसले लुम्बिनी प्रदेशबाट रूपन्देहीमा २, नवलपरासीमा १ र कपिलबस्तुमा २ गरी ५ सिटमा मात्रै जित हासिल गरेको थियो।