आज दलहरुले उम्मेदवार छनौटलाई अन्तिम रुप दिदै
असोज २२
भोलि आइतवार उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले दलहरूले
प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामलाई अन्तिम रूप दिन दलहरू जुटिरहेका छन् ।
नेकपा एमालेले उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने सत्ता गठबन्धनभित्र सिट बाँडफाँट मिलिसकेको छ । एमालेले सत्ता गठबन्धन छोडेको जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालसँग केही सिटमा तालमेल गर्ने भएको छ । यसका लागि एमालेले आज शनिवार दुवै दलसँग छलफल गर्दैछ ।
सत्ता गठबन्धनभित्र प्रतिनिधि सभाको सिट भागबन्डामा सहमति भइसकेको छ । जसपा बाहिरिएपछि , लोसपा लाई ८ देखि १० सिट दिने गरी तालमेल गरिएको हो । प्रतिनिधि सभाको १ सय ६५ मध्ये १ सय ६१ सिटको भागबन्डा मिलेको र यो सूचीमा आज शनिवासम्म तल–माथि हुन सक्ने नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो शुक्रवार बेलुकी बसेको गठबन्धनको बैठकले कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट भएको छ । १३ सिटमा लोसपासँग थप छलफल गरेर टुङ्ग्याउने जिम्मा कांग्रेसलाई दिइएको छ । आज शनिवार सबै सिट टुङ्ग्याएर सहमति पत्रमा हस्ताक्षर गर्ने गठबन्धनको तयारी छ ।
यस्तै गठबन्धनको सहमतिअनुसार आ–आफ्नो भागमा परेको निर्वाचन क्षेत्रमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले पनि उम्मेदवार टुङ्गो लगाउँदैछन् ।