अझै दुई तीन दिन पानी पर्ने
असोज २२
पूर्वबाट मौसम क्रमशः सुधार हुँदै गएको छ । तर मौसम सुधार हुँदै गए पनि केही ठाउँमा भने हल्का पानी परिरहेको छ ।
काठमाण्डौमा अहिले घाम लागे पनि मौसम बदलीकै अवस्था छ । आज शनिवार पनि दिउँसोपख पानी पर्ने सम्भावना छ ।
त्यस्तै अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ । आज सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अझै दुई तीन दिन पानी पर्न नरोकिने बताईएको छ।