घनश्याम भुसाल रुपन्देही क्षेत्र नम्बर १ बाट चुनाव लड्दै
असोज २२
एमालेबाट टिकट नपाएका भुसाल माओवादीबाट गठबन्धनको सहयोगमा चुनाव लड्ने सम्भावना बढेको छ ।
नेकपा माओवादी केन्द्रले रुपन्देही क्षेत्र नम्बर १ मा ओनसरी घर्तीलाई सिफारिसगरेको भए पनि घनश्याम भुसाललाई गठबन्धनको साझा उम्मेद्वार बनाउने र जुनसुकै चिन्हमा चुनाव लड्न गठबन्धनको सहयोग रहने नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्सन बलालले रुरु एफ एमलाई बताउनु भयो ।
यसअघि रुपन्देही– ३ बाट चुनाव लड्दै आएका भुसाललाई यसपटक एमालेले टिकट दिएको छैन ।
भुसालले आफ्नो घर रहेको रुपन्देही– १ बाट चुनाव लड्ने तरखर गरेका हुन् । रुपन्देही– १ बाट एमालेले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।
‘तत्काल पार्टी प्रवेश नगरे पनि माओवादीको हँसिया हथौडा अंकित चिह्नबाट चुनाव लड्ने लगभग निश्चित जस्तै हो,’ माओवादीका अर्का नेताले भने ।
चुनावपछि माधव नेपालको पार्टीसहित समाजवादी केन्द्र बनाउने गुरुयोजनाअन्तर्गत बौद्धिक नेतालाई समेट्न खोजिएको माओवादीका ती नेताले बताए ।