कृष्ण अन्जान
चन्द्रकोट मजुवा
असौज महिनाको मध्य कटिसकेको छ ,तैपनि झरीले छाडेको छैन , फर्कि फर्कि अकाश वर्षिरहँदा वास्तवमा मौसमले साथ दिएको छैन । बाटाघाटा भत्केका छन ,पहिरो झरेको छ ।खोला नाला बढेका छन तर पनि सँघिय र प्रदेशमा उम्मेदवार मनोनयन भए सँगै गुल्मीमा उम्मेदवार हरुको चुनावी अभियान शुरु भएको छ ।
यतिबेला गुल्मी क्षेत्र न १ का लागि एमाले उम्मेदवार नेकपा एमालेका नेता प्रदिप कुमार ज्ञवाली वर्षा र पहिरोलाई छल्दै चन्द्रकोटका आम मतदाता र कार्यकर्तालाई भेट्न गाउँ गाउँ र टोल टोलमा पुगेका छन र
मुख्य रुपले अघिल्ला कार्यकालमा भए गरेका काम हरु र अबका पाँच वर्षका लागि प्राथमिकतामा के योजना आवस्यक छन भन्ने सम्बन्धमा अन्तरकृया कार्यक्रममा कार्यकर्ता र आम मतदाता सँग छलफल गरेका छन । यसैगरि नेकपा एमालेबाट प्रदेश सभा १ क का उम्मेदवार चिन्तामणी पाण्डे पनि सँगै छन ।
कार्यकर्ताहरुले मुख्यतया रुद्रवेणि वामिटक्सार ,मजुवा शान्तिपुर सडकको स्तरोन्नतिका मागहरूलाई जोडदार रुपमा उठाएका छन ।
कार्यकर्ताका जिज्ञाशाको उत्तर दिँदै नेकपा एमाले उपमहासचिव समेत क्षेत्र न १ का सँघिय सँसदका उम्मेदवार प्रदिप कुमार ज्ञवालीले रुद्रवेणि वामिटक्सार सडक वैशाख सम्म सम्पन्न हुने बताउँदै एमाले नेता ज्ञवालीले डहरे खोलाको पुल निर्माणको प्रकृयामा रहेको ,खर्ज्याँग गौँडाकोट जुभुँग मजुवा शान्तिपुर सडक निर्माण कार्य हुँदै गरेको साथै मजुवामा कृषि ,पशुपालनको प्राविधिक अध्ययन हुने गरि कृषि प्राविधिक शिक्षालय ,सिँचाइ लगाएतका क्षेत्रमा चन्द्रकोटमा काम गरको बताए ।
मुख्य रुपले सत्तरी सालमा दुईजनाले शिलान्याश गरेको रिडीको तिनमुखे पुल , २०७४ सालसम्म कुनै काम अगाडि नबढेको र एमाले सरकार निर्माण भईसकेपछि बजेट बिनियोजन भएपछि काम सम्पन्न भएको ,कालीगण्डकी करिडोर ,मदन भण्डारी राजमार्ग को निर्माण कार्य सँगै खरको छाना मुक्त अभियान ,खानेपानी शिक्षा स्वास्थ खेलकुद क्षेत्रमा आफ्नो तर्फबाट धेरै काम गरेको बताए ।
कार्यकर्ता भेटघाट कार्यक्रममा राष्ट्रिय राजनीति तर्फ इँगित गर्दै एमाले नेता ज्ञवालीले राष्ट्रियता वलियो बनाउन र देश बचाउन एमालेको जित अनिवार्य भएको धारणा राखे ।
कार्यकर्ता भेटघाट कार्यक्रममा धारणा राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य जँग नेपालीले एमालेको सरकार पछि बनेको सरकारले कुनै जनमुखी कार्यक्रम नल्याएको बताए ।
कार्यक्रममा बोल्दै क्षेत्र न १ क का प्रदेश सभा उम्मेदवार चिन्तामणी पाण्डेले युवा लक्षित कार्यक्रम सँगै जनमुखी कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताए ।
कार्यकर्ता भेटघाट कार्यक्रम नेकपा एमाले चन्द्रकोट गाउँपालिका अध्यक्ष टँकनाथ अर्यालको अध्यक्षतामा भएको थियो । ।