गुल्मीमा गठबन्धनका उमेदवार लाई समर्थन गर्दै
माओवादी नेताले बागी उम्मेदवारी फिर्ता गरे
गुल्मी । गुल्मीका गठबन्धन दल मध्ये माओवादी केन्द्रबाट उमेदवारी दिएका दुई जना मध्ये एक जनाले आफ्नो उमेदवारी फिर्ता गरेका छन् भने एक जनाले चाहेर पनि फिर्ता गर्न सकेन् । क्षेत्र नम्वर १ प्रदेश ख मा गठबन्धनका आधिकारिक उमेदवार धनेन्द्र कार्की विरुद्ध माओवादी केन्द्र त्यस प्रदेश कमिटी सचिव रामचन्द्र कँडेलले उमेदवारी दिएका थिए । तर उनले आज उमेदवारी फिर्ता गरेका छन् । गठबन्धनका उमेदवार कार्कीलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता गरेको कँडेलले बताए ।
यता क्षेत्र नम्वर २ को क प्रदेशबाट गठबन्धनका आधिकारिक उम्मेदवार भुवनप्रसाद श्रेष्ठ बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्र मुसिकोट नगरकमिटी अध्यक्ष युवराज खरेलले समयावधिका कारण फिर्ता लिन नपाएका हुन् । खरेलले उम्मेदवारी फिर्ता नभए पनि गठबन्धनका उमेदवार भुवनप्रसाद श्रेष्ठलाई समर्थन गर्ने बताए । प्रमुख निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गुल्मीका दुई क्षेत्रमा गरी चार जनाले उमेदवारी फिर्ता लिएका छन् । जिल्लामा कुल ६६ जनाले उमेदवारी दिएका थिए ।