राम कृष्ण कडेल ,
असोज २७ ,गुल्मी ।
गुल्मीदरवार गाउँपालिका वडा नं । ७ निवासी पहिरो पिडित मान बहादुर वि।क।लाई स्थानीय समाजसेवी कर्ण बहादुर रायमाझीले आफ्ना स्वर्गीय बाबू आमाको सम्झना गर्दै राहतस्वरुप चामल ,दाल, खानेतेल ,नुन तरकारी लगायतका खाद्यान्न सामाग्री घरमै पुगेर प्रदान गर्नुभएको छ ।
यस अघि बिकको परिवारलाई गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले नगद रु बीस हजार खाद्यान्न सामाग्री र लत्ताकपडा घरमै पुगेर प्रदान गर्नुभएको थियो ।
टोल विकास सस्था र वडा कार्यालयले पहिरो हटाउने कार्य गरिएको छ ।
विजया दशमी २०७९ अघिल्लो दिनदेखि परेको अविरल वर्षाका कारण विपन्न दलित परिवारका मान बहादुर बिकको घरमाथी बाट पहिरो झरी गोठ पुरिदा एउटा भैंसी र एउटा बाख्रा मरेका थिए ।
पहिरोले घर समेत जोखिमा भएकोले बिकको परिवार विस्थापित भएकोले उनलाई सुरक्षीत स्थानमा सारिएको वडा अध्यक्ष शालिकराम टण्डनले बताउनुभयो ।