पहाडी भू भागमा आंशिक बदलीहुने,सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
असोज २९
आगामी केही दिन देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लामो समयपछि नेपालमा मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जसले गर्दा हाल पहाडी भू भागमा आंशिक बदली रहे पनि देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहनेछ । त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना पनि छ ।
राति भने देशको पहाडी भू भागमा आंशिक बदली रहनेछ । देशका बाँकी भू भागमा मौसम सफा रहने विभागले जनाएको छ ।
आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, सोमबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू भागमा मात्रै आंशिक बदलीको सम्भावना छ । देशका बाँकी भू भागमा भने मौसम सफा रहनेछ ।