रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न स्थानबाट युवा नेपाली कांग्रेसमा प्रवेश गरे
असोज ३०
भैरहवा
रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न स्थानबाट युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । निर्वाचन क्षेत्रअन्तर्गत बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकाका युवालाई कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले हिपो शनिबार जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सदस्यता प्रदान गरेका हुन् ।
रूपन्देही–३ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य उम्मेदवार खाँणले युवालाई सदस्यता प्रदान गरेका हुन् । ‘कांग्रेसले वंशीय र राजनीतिक निरंकुशता मान्दैन,’ गृहमन्त्री खाँणले भने, ‘तपाईंहरू आजकै मितिदेखि पुरानो कार्यकर्ता हुनुभयो । कांग्रेसमा नयाँ भनेर भेदभाव गर्ने चलन छैन ।’