बुटवलमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरे
कात्तिक २
बुटवल ।
बुटवलमा विभिन्न पार्टी परित्याग गरी हिजो मंगलबार १७६ जना युवा नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा छाडेर एमाले प्रवेश गरेका नेताहरूलाई एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरे ।
सो अवसरमा बोल्दै रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले एमाले रोजेका सबै नेताहरू उचित भूमिका दिने बताए । युवाको भविश्य र राजनीति विकास एमालेबाट मात्रै सम्भव भएको बताए ।
माओवादी नेता राजु शाही, विशाल राना, एकीकृत समाजवादी नेतृ राधादेबी अधिकारी, जसपा नेता सुनिल न्यौपाने, प्रबिनकुमार काफ्ले लगायत नेताहरू एमाले प्रवेश गरेका एमाले बुटवलका युवा नेता बाबुराम पन्थीले जानकारी दिए ।
मंगलबार नैं माओवादीका बुटवल उपमहानगर कमिटी सदस्य विष्णुसिंह ठकुरी र क्षेत्र नम्बर २ शाखा कमिटी सचिब ईतेन्द्रकुमार बज्रचार्य पनि एमालेमा प्रवेश गरेका थिए ।