अटिजम पाठशाला नेपाल रिडी गुल्मीको पाँचौ बार्सिक साधारण सभा सम्पन्न
कात्तिक ३
अटिजम पाठशाला नेपाल रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीको पाँचौ बार्सिक साधारण सभा आफ्नै कार्यालयमा सम्पन्न भएको छ ।
सभामा रुरुक्षेत्र गाउँपालिकापालिका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आथित्यता रहेको थियो । गाउँपालिकापालिका अध्यक्ष ज्ञवालीले सामाजिक संघ संस्थाहरु स्थापना गर्न सजिलो भएता पनि दीर्घ कालिन रुपमा सन्चालन गर्न सहज नभएकोले यस्ता संस्थाहरुको दिगोपनाको लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै रुरुक्षेत्र गाउँपालिकापालिकाले आर्थिक तथा भौतिक रुपमा कमि हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
।सस्थाका अध्यक्ष अमृता ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा इन्जिनियर लोकेश ज्ञवाली ,डा सतिस रुपाखेति , पालिका पुर्व उपाध्यक्ष लक्ष्मीदेवि पन्थ वडा न १ का पुर्व वडा अध्यक्ष रामलाल बिक , पुर्व जन प्रतिनिधि सिता ज्ञवाली ,भगवती बराल , वडा न १ वडा सचिव तथा जगा दाता राम प्रसाद ज्ञवाली जन प्रतिनिधि सुरक्षा निकाय पत्रकार बितिय सस्थाका प्रमुख हरु अभिभावक , सस्थाका प्रतिनिधिहरु आजिवन सदस्य लगायतको आथित्य्तता रहेको थियो ।
सस्थाकि उपाध्यक्ष रेणुका पन्थिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा डा सतिस ज्ञवालीले अटिजम को इतिहास, अटिजम हुने तरिका अध्यान गराउने तरिका , खुसि बनाउने विषय बस्तुका विषयमा प्रशिक्षण गर्नुका साथै कार्यक्रममा शुभकामना राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष ज्ञवालीले आर्थिक तथा प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो। यस्तै समारोहमा इन्जिनियर लोकेश ज्ञवालीले अटिजम पाठशालालाई कार्यलयका काम सम्पादन गर्न १ थान ल्यापटप प्रदान गर्नु भएको थियो।
कार्यक्रमको सन्चालन बिष्णु प्रसाद भण्डारीले गर्नु भएको रिडी बाट सहकर्मी चुरामणि तिमिल्सिनाले समाचार पठाउनु भएको छ ।
पछिल्लो समयमा अटिजम सगं सम्बन्धीत केहि गैर सरकारी संस्थाहरु स्थापना भएपनि राज्यले अटिजम भएका व्यक्ति समग्रमा अपांगता भएका व्यक्तिका लागि उत्तरदायित्व लिएको देखिएको छैन ।
जनस्तरबाटै अपांगता भएका व्यक्तिहरुका लागि शिक्षा तथा रोजगारीको प्रत्याभुति गराउने परिकल्पनाका साथ अभिभावकहरुको सक्रियतामा रुरुक्षेत्रधाम रिडिमा अटिजम पाठशाला नामक स्वयमसेबि संस्था स्थापना गरिएको हो ।
यसका लागि पछिल्लो समय गाउँपालिका र स्थानिय समाजसेबिहरुको सकारात्मक सहयोग प्राप्त हुदै आएको छ ।
अटिजम भएका बालबालीकामा एक्लै बस्ने बानी, आखामा आखा जुधाउने ,डर नमान्ने, बोलाउदा नबोल्ने,घाउचोटलाई वास्ता नगर्ने,बढि चकचक गर्ने जस्ता लक्षणहरु देखिन्छन ।
यस्ता लक्षणहरु देखिएमा अटिजम पाठशालामा सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ ।