डेंगीबाट थप दुई जनाको मृत्यु , थपिए ७ सय ६१ संक्रमित
कात्तिक ४
डेंगीबाट ज्यान जाने क्रम जारी छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, हिजो बिहीबारसम्म देशभर ४२ हजार ५०४ जनामा डेंगी देखिएको छ। बुधबारसम्म ४१ हजार ७४३ जनामा डेंगी देखिएको थियो।
डेंगी संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
गत साउनदेखि शुरू भएको डेंगीको संक्रमण देशका ७७ वटै जिल्लामा पुगेको छ।
चिसो बढ्दै गएकाले डेंगीको संक्रमण कम हुँदै जाने संक्रमण रोग विशेषज्ञहरूले बताएका छन्। तथापि, लामखुट्टेको टोकाइबाट जोगिन विज्ञहरूले आग्रह गरेका छन्।