अखिलले गर्यो रक्तदान कार्यक्रम
कृष्ण अन्जान
कात्तिक ४ बलेटक्सार
नेकपा एमाले निकट विध्यार्थी सँगठन अनेरास्ववि रुरुक्षेत्र गाउँपालिका कमिटीले हिजो विहवार बलेटक्सारमा बृहत रक्तदान कार्यक्रम गरेको छ।

नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीको सहकार्यमा आयोजना गरिएको रक्तदानमा ५५ युनिट रगत सँकलन भएको रक्तदान कार्यक्रमका सँयोजक समेत रहेका अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिकाका सहईन्चार्ज रन्जित ज्ञवालीले जानकारी दिए ।
रक्तदान कार्यक्रमको उदघाटन सत्रमा बोल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य कमल राज श्रेष्ठले समाजसेवको निस्वार्थ सेवा र सबैभन्दा ठुलो दान रक्तदान भएको बताउनु भयो ।
रगत व्यक्तिका लागि तत्काल चाहिने पदार्थ भएकाले पनि मृत्यु सँग लडिरहेकालाई दान गरिएको रगत जीवनदान भएको श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत ,रक्ततत्व ,रक्तदान ,र रक्तदाता वृद्धि अभियानमा समाजले नियमित रक्तदान कार्यक्रम गर्दै आएकोमा अनेरास्ववियु मार्फत बलेटक्सारलाई पनि अभियानमा जोड्न पाएकोमा खुशि लागेको बताउनु हुँदै आगामी दिनमा बलेटक्सारमा नियमित रक्तदान कार्यक्रमको आयोजना हुने अध्यक्ष चौहानको भनाई थियो ।
कार्यक्रममा अनेरास्ववियुका उपाध्यक्ष आशिष गौतमले स्वागत र मनिष सुनारले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा बलेटक्सार क्षेत्रका रक्तदाता हरुले रक्तदान गरेका थिए भने नेपाल रक्तदाता स्वयँसेवी समाज रुपन्देहीका प्राविधिक हरुले कार्यक्रममा सहजिकरण गरेका थिए ।
डेँगु रोगको बढ्दो सँक्रमणका कारण रगत र रक्ततत्वको कमि हुन नदिने उद्देश्य अनुरुप सामाजिक उत्तरदायित्वको रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियुका जिल्ला उपाध्यक्ष आशिष गौतमले बताउनु भएको छ ।