ब्याजबृद्धी विरुद्ध रुपन्देही व्यापार संघको सार्वजनिक विरोध कार्यक्रम सुरु ।
कात्तिक ४,बुटवल ।
बैंकहरुको चर्को ब्याजबृद्धी विरुद्ध रुपन्देही व्यापार संघले सार्वजनिक विरोध कार्यक्रम सुरु गरेको छ ।
रुपन्देही व्यापार संघले चर्को बैंक व्याज विरुद्ध सार्वजनिक विरोध कार्यक्रम सुरु गरेको छ । संघले चर्को ब्याजका विरुद्ध आजबाट हातमा कालो पट्टी बाँधेर सांकेतिक बिरोध सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकले २०७९ भदौं ७ गते इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जा सम्बन्धमा मिति २०७९ कार्तिक १ गतेदेखि लागू हुने बैंकरुले गरेको मनमौजी ब्याजदर बृद्दीका कारण उद्योग व्यवसाय थला पर्ने अवस्था आएको संघले जनाएको छ ।
चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसैका आधारमा बढाइएको ब्याजको विरोधमा संघका सदस्यहरुले बुटवलका हाटजबार लाईन, अमरपथ, ट्राफिकचोक, जेसिस चोक लगायत सबै क्षेत्रमा रहेका व्यवासीहरुलाई हातमा कालो पट्टी बाँधेर सांकेतिक बिरोध गरेका हुन् ।
रुपन्देही ब्यापार संघ सहित रुपन्देहीका उद्योगी तथा व्यापारिक संस्थाहरुको सञ्जालले संयुक्त रुपमा आज शुक्रबार नै नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखा मार्फत राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताईएको छ ।
बैंक, वित्तिय संस्थाहरुबाट लिएका ऋणको व्याज अस्वाभाविक रुपमा बृद्धि गरिएको र त्यसमा कसैको निगरानी नहुदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको व्यवसायीहरुको गुनासो छ । बैंकको व्याज दर बृद्धि र त्यसमा राष्ट्र बैंकको स्वीकृतिले ब्यवसायीहरु हतोत्साहित भएका छन् । कार्तिक १ गतेबाट बेंकहरुले निक्षेपको ब्याजदरलाई यथावत राख्दै कर्जामा ब्याजदर १८ प्रतिशत सम्म पु¥याएका छन् ।