शंका नउब्जिने गरी मतदान गर्न कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाको आग्रह
कात्तिक ४,
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
सभापति देउवाले गठबन्धनको पक्षमा मत हाल्न कांग्रेस कार्यकर्तालाई आग्रह पनि गरेका छन्।
सत्ता गठबन्धनले आज शुक्रबार पोखरामा गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा शंका उपशंका उब्जिने गरी कुनै काम नगरी इमान्दारिताका साथ मतदान गर्न आग्रह गरेका हुन् ।
उनले गठबन्धन आजको आवश्यकता भएको पनि बताए । देउवाले अहिले कुनै पार्टीको बहुमत आउन नसक्ने भएको जिकिर गर्दै पार्टीहरू मिल्नुपरेको बताए । फरक राजनीतिक दर्शन बोकेका माओवादी अध्यक्ष प्रचण्ड र आफूबीच सहमति भइसकेका कारण कार्यकर्ता पंक्ति बीच झन मिलन हुनुपर्ने उनको भनाइ थियो ।