करिब दुईतिहाइकोको सरकारबाट संविधान उल्टाउने र १७ साल फर्काउने खतरा भएकोले हामीले गठबन्धन गर्यौं : प्रचण्ड
कात्तिक ४
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रतिगमन र प्रतिक्रान्तिकारी भन्दा नेपाली कांग्रेस धेरै उत्तम भएको बताएका छन् ।
शान्ति सम्झौता गर्दा नै कांग्रेस माओवादीले एकअर्कामा भोट हालिसकेको भन्दै प्रचण्डले अहिले गठबन्धनमा भोट दिन सकिन्न भन्ने विषय कुनै मानेमा उपयुक्त नभएको बताए ।
सत्तागठबन्धनको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भेलामा प्रचण्डले भने ‘प्रतिगमन र प्रतिक्रान्तिकारी भन्दा नेपाली कांग्रेस धेरै उत्तम हो, नेपालका सबै उपलब्धि कांग्रेससँग मिलेर भएका छन्, यसको अवस्थालाई बुझौं’।
‘प्रतिगमनकारी गठबन्धन रोज्ने कि लोकतन्त्र, गणतन्त्र र लोकतन्त्र जोगाउने गठबन्धन रोज्ने भन्ने फैसला मंसिर ४ गते हुनेछ’, प्रचण्डले भने ।
गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधव नेपाल नभएको भए शान्ति सम्झौता नहुने भन्दै उनले गठबन्धनले चुनावपछि पनि निरन्तरता पाउने बताए । यो निर्वाचन ठूलो राजनीतिक लडाइँ भएको बताएका छन् ।
प्रचण्डले भने, ‘करिब दुईतिहाइको बहुमत पाएको सरकारबाट संविधान उल्टाउने र १७ साल फर्काउने खतरा भएकोले हामीले यो गठबन्धन बनाएका हौं ।’ओली सरकारविरूद्व पार्टीभित्र लड्ने प्रयास गरेको भन्दै प्रचण्डले मंसिर ४ मा त्यो विषय सम्झन कार्यक्तालाई आग्रह गरे । नेता दाहालले गणतन्त्र र लोकतन्त्रविरूद्व भएको षड्यन्त्र प्रयासलाई पराजित गरेको जिकिर गरे ।