रामपुर नगरपालिकाले सडकमा राखिएका निर्माण सामाग्री हटाउन थाल्यो
कृष्ण अन्जान
कात्तिक ५
रामपुर पाल्पा
पाल्पा, रामपुर नगरपालिकाले सडकमा राखिएका निर्माण सामाग्री हटाउन थालेको छ । विहिबार देखि बेझाँड बजार क्षेत्रमा सडक मिचेर राखिएका निर्माण सामाग्री हटाउन सुरु गरेको हो ।
सडक मिचेर लामो समय सम्म राखिएका निर्माण सामाग्रीले सडकको आकार साँघुरो गराउनुका साथै दुर्घटनाको जोखिम बढाएको, सडकको पिचको आयु घटाएको र बजार क्षेत्रको स्वरुप विग्रीएको भन्दै निर्माण सामाग्री जफत गर्न सुरु गरेको हो । नगरपालिकाले आफ्नै डोजर, ट्रक र ट्याक्टर प्रयोग गरी निर्माण सामग्री उठाएको थियो । नगरपालिकाको माथिल्लो गेट अगाडी बाट सामाग्री हटाउन सुरु गरेको थियो ।
सडक मिचेर राखिएका ढुङ्गा, गिट्टी, बालुवा, ईट्टा र माटो उठाएको हो । बेझाँड बजार चोक, तल्लो चोक , हुलाकटोल , बाङ्गेपसल रोड लगाएत विभिन्न स्थान बाट सामाग्री उठाएको छ । ईलाका प्रहरी कार्यालयको सहयोगमा नगर प्रहरी र कर्मचारीहरुको सहभागीतामा नगरपालिकाले सामाग्री उठाएको हो ।
नगरपालिकाले घर तथा भवन निर्माण सुरु भएका स्थानमा अनुमति लिएर मात्र निश्चित समयको लागि सामान राख्ने व्यवस्था गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । उनले भन्नुभयो, “हामीले निर्माणका क्रममा सामाग्री सडक छेउमा राख्नै नपाईने भनेको होईन । सके सम्म वैकल्पिक उपाय अपनाउन र नभए सडकमा सवारी आगमनमा अवरोध नहुने गरी अनुमति लिएर निश्चित समय व्यवस्थित रुपमा राख्न भनेका छौं ।
सुचना जारी गरे पनि सडकको स्वरुप नै विग्रीने गरी राखिएका सामान हटाएका हौं । थापाले बजार क्षेत्रमा हुन सक्ने दुर्घटना न्यूनिकरण र सडकलाई थप व्यवस्थित बनाउनका लागि अभियान थालिएको जानकारी दिए । नगरपालिकाले बजारका साघुरा सडक गल्ली ओगटेर सामान राख्नाले बजार गर्न पैदल हिड्नुपर्ने अबस्थामा दुर्घटनाको जोखिम समेत भएकोले तत्काल सामग्री आफ्नो सटर भित्र मात्र राख्न निर्देशन गरिएको थापाले बताए ।
नगरपालिकाको आग्रहलाई वेवास्ता गरेमा सामान जपत गरिने बताएको छ । यस अघि नगरपालिकाले सुचना जारी गर्नुका साथै माइकिङ सहित यथाशिघ्र हटाउन अनुरोध गरेको थियो । पसल बाहिर सडक पेटी ओगटेर सामान बिक्री गर्दा बजार अस्तव्यस्त देखिने र दर्जनौ गाडी आउने जाने, यात्रु चढाउने झार्ने हुँदा जोखिम बढेको भन्दै माइकिङ गरी पसलमा पुगेर व्यबसायी संग अनुरोध गरेको पत्रकार कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।