गुल्मीमा गाई काट्ने पक्राउ
कात्तिक ५
गुल्मीमा गाई काट्ने चार जना पक्राउ परेका छन् । हिजो शुक्रबार राति मालिका गाउँपालिका २ का २२ वर्षीय रमेश विक, २८ वर्षीय महलाल विक, ६१ वर्षीय टोप बहादुर रसाइली र ३५ वर्षीय तारा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
दर्लिङ्गमा गाई काटिरहेको सूचनाको आधारमा पौदी अमराई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक भविश्वर विकसहितको टोली घटनास्थल पुगको थियो ।
सोहि क्रममा गाईको टाउको, पुच्छर, दुई खुट्टा, छाला र मासुसहित चार जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको रानाभाटले बताए ।
उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।