सामाजिक संजालका फेक पेज र ग्रुपहरू हटाउन निर्देशन
कात्तिक ८
निर्वाचन आयोगले झुठ फेसबुक पेजरग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ।
फेसबुक पेज तथा ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूलाई विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति दिने र भ्रामक सामग्री प्रकाशन गरेको भन्दै उक्त निर्देशन दिएको हो।
फेक फेसबुक पेजरग्रुपहरू सिर्जना गरी दलका नेताहरू विरुद्ध प्रचारप्रसार गर्ने कार्यनिर्वाचन आचारसंहिताको प्रतिकूल रहेकोले तत्काल हटाउन निर्देशन दिएको हो।
कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठ फेसबुक पेज तथा ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
उक्त फेसबुक पेज तथा ग्रुपहरू तत्काल नहटाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ निर्देशनमा भनिएको छ।