खानी खन्न आउनेले बसाए बस्ति
कृष्ण अन्जान
कार्तिक ९ पुर्तिघाट
कालीगण्डकी गाउँपालिका गुल्मीका पहाडी भुभागहरुमा अहिले पनि खानी खनिएका अवशेषका खाल्टा खुल्टि हरु प्रसस्तै देख्न सकिन्छ ।
त्यसोत यहाँका गाउँहरुका नाममा पनि पनि खानी जोडिएका छन ।
जयखानी ,दबुँगखानी ,जोखुम खानी ,लम्करा खानी ,मुल्जर खानी लगाएत धेरै गाउँ हरु खानीका नाम सँग जोडिएका छन र खानीकै वरिपरि छन ।
करिब दुई शताब्दि अगाडी रोल्पाबाट खानी मजदुर हरु यहाँ आएको भनाई छ र पछि उनिहरुले नै यो क्षेत्रमा बस्ति बसाएको इतिहासले भन्छ ।
यी खानीहरु कालीगण्डकी गाउँपालिकाका वडा न २ ,३,४,५ मा रहेका छन ।
रोल्पा बाट खानी खन्न आएका खानी मजदुर हरुले मासिक रुपमा पाँच धार्नि देखि सात धार्नि सम्म तामा राज्यलाई बुझाउने गरेको ईतिहास छ ।
अत्यन्तै कठिन र खानी भित्र राँका बालेर तामा निकाल्न जानू पर्ने र खानी खन्ने काम दुखको भएको पुराना बुढापाका हरुले सुनाएको गुल्मी फोक्सिँगका वोम बहादुर सुत्पाराईले सम्झना गर्छन ।
हाम्रो पुर्खानै यो ठाउँमा खानी खन्न आएको हो र यहि निर्जन ठाउँलाई आवाद गरेर यहिँ बस्यो सुत्पाराईले भने ।
करिब दुईसय वर्ष अगाडी रोल्पाबाट लाटा घर्तीको टोली यो क्षेत्रमा आएर खानी खन्न थालेको र उनका सन्तान दर सन्तान हरु यतिबेला यो क्षेत्रमा भरिएका छन ।
रोल्पालि पछि बाग्लुङ ,डोल्पा लगाएतका क्षेत्रहरुबाट पनि खानी मजदुर यो क्षेत्रमा आएर खानी खनेको र यहिँ बसोवास गरेको पाईन्छ ।
यी बस्तीहरुमा मगर समुदायको बसोवास धेरै छ र उनिहरुले नै कालीगण्डकीका यी गाउँहरु आवाद गरेर बस्न लाएक बनाएको कसैबाट लुकेको छैन ।
लामो समय सम्म यो क्षेत्रको जिविकोपार्जन खानी खन्ने काम भएपनि गिरिबहादुर बुढाथोकीका पालमा सरकारले खानी खन्ने काम बन्द गराए पछि यहाँका खानीहरु खण्डहरमा परिणत भएका हुन र झाडि भित्र रहेका छन ।
खानी खन्न बन्द भएपनि खानीकै कारणले यहाँ आउने हरुले बसालेका बस्तिहरु यतिबेला सडक ,बिजुली ,खानेपानी ,शिक्षा ,
लगाएतका पुर्वाधारले विकसित बनेको छ ।
सबैभन्दा ठुलो कुरा त यी बस्तीहरुको तल्लो भेगबाट गएको उत्तरलाई दक्षिण जोडने कालीगण्डकी करिडोरमा यी बस्तीहरुका शाखा सडक हरु जोडिए पछि नजिकका शहरहरुको पहुँचमा पनि सजिलो भएको पुर्तिघाटबाट पत्रकार कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।