आवश्यकताका आधारमा उत्पादन र विकासले मात्रै विकास हुने लौरो अभियानका स्वतन्त्र उम्मेद्वार अर्यालको भनाइ
अर्जुन नेपाली
गुल्मी
कार्तिक १२ शनिबार ,
लौरो अभियान गुल्मी क्षेत्र नं १ का स्वतन्त्र उम्मेद्वार भुवनेश्वर अर्यालले गुरणस्तरीय शिक्षा,र आवश्यकता का आधारमा क्रमबद्ध उत्पादन र विकासले मात्र समृद्धि ल्याउने बताउनु भएको छ ।
घरदैलो एवम् चुनाव प्रचारका क्रममा उम्मेद्वार अर्यालले, स्थापित राजनैतिकदलका सधैका उम्मेदवारको कार्यशैली सबैले हेरी सकेकाले नयाँको पहल बाट मात्रै क्षेत्रको अवस्था बदल्न सकिने भएकाले लौरो चिन्हमा मतदान गरी आफूलाई विजयी बनाउन अनुरोध गर्नु भएको थियो।
नीति बनाउने संसदले विकास गर्छ भन्नु उपउक्त नहुने विचार राख्दै नीति बनाई नीति अनुरुप आबस्यकताका आधारमा विकास गर्नुपर्ने धारणा राख्नु भयो । रुरु एफएम संग कुराकानी गर्दै अर्यालले लौरो अभियान भ्रष्टाचार विरुद्ध को अभियान भएको दाबी गर्नु भयो।