राष्ट्रिय जनमोर्चाले क्यान्सर पीडित लाई सहयोग गर्यो
अर्जुन नेपाली
छत्रकोट
कार्तिक १२ , शनिबार
राष्ट्रिय जनमोर्चाको प्रवासी संगठन , मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले छत्रकोट गाउँपालिका वडा न ५ का ब्लड क्यान्सर पीडितलाई उपचार सहयोग उपलब्ध गराएको छ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिले स्थानिय अर्जुन टण्डन को उपचारको लागि सहयोग स्वरुप संकलन गरिएको १ लाख ४ हजार ८ सय ९, रुपियाँ उपलब्ध गराएको छ।
राष्ट्रिय जनमोर्चा गुल्मी का जिल्ला सदस्य गुमान सिङ पुन मगरले रकम हस्तान्तरण गर्दै बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो।
वडा अध्यक्ष राम प्रसाद कँडेलले रकम संकलन गरी स्थानीय लाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो।
बिरामीको अवस्था जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्न वडा सदस्य वीर बहादुर सोमै , समाजसेवी तुलसी राम पन्थ रा। ज। मो का वडा सदस्य खेम बहादुर बुचा, मिलन रेश्मी ,नेपाली कांग्रेस का पुर्ण बहादुर बुचा, राजेन्द्र ज्ञवाली ,समाजसेवी भीमलाल पाण्डेय,मिनप्रसाद पन्त , माधव पन्त ,माधव कडेल,लीलाधर पाण्डेय लगायतको सहभागिता रहेको थियो। हुन्छ