पाल्पा बस दुर्घटना, मृतकको सनाखत
चुरामणी तिमेलसेना
कार्तिक १३
पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस आज विहान दुर्घटनामा परेको छ। ना ६ ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका २ मथारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको बताइएको छ । बस दुर्घटनामा परि घाईते भएका २३ जनाको उद्दार गरिएको छ ।
बस दुर्घटनामा मृत्यु हुनेहरूमा रम्भा १ का ४१ वर्षीय तारा विक, वर्ष १७ को विनथ विक, वर्ष ६२ को धनी विक, वर्ष ५८ की देवी गाहा र गल्याङ नगरपालिका ९ बेलचौर की ४५ वर्षीय जुलमाया माझि रहेको बताईएको छ ।
घाईते हुनेहरुमा रम्भा गाउँपालिका १ बस्ने ४ वर्षिय अंकित सुनार, १० वर्षिय कृष्ण केवट, १८ वर्षिय प्रविन सुनार, २० वर्षिय राम विक, २१ वर्षिय रिता विक, २५ वर्षिय कासीराम विक, १ वर्षिय आईसा विक, १६ वर्षिय अविनास विक, १७ वर्षिय विशाल विक, ७ वर्षिय पुष्पा विक, ४७ वर्षिय मेघनाथ विक, स्याङ्जा गल्याङ ९ का २५ वर्षिय दिल माया राना, सोही स्थानका ३ वर्षिय रविन राना, भैरहवा भिम अस्पतालमा कार्यरत ३२ वर्षिय सुमित्रा विक, रम्भा १ भाले ढुङ्गाका १५ वर्षिय रिमा विक।, रम्भा १ की ३२ वर्षिय सनु सुनार, रम्भा १ का ३८ वर्षिय प्रेम बहादुर सुनार, २० वर्षिय आशिष सुनार, २० वर्षिय विजय विक, ३६ वर्षिय मायाँ विक, स्याङ्जा गल्याङ ८ का ३५ वर्षिय मनोज कुमार विक, सोही स्थानका ३० वर्षिय उमा कुमारी विक, गल्याङ ९ का ३० वर्षिय सरिता माझी, सोही स्थानका ३१ वर्षिय रामु राना, पाल्पा रम्भा १ का १२ वर्षिय अस्मिता सुनार, ४७ वर्षिय ओम बहादुर विक, ४५ वर्षिय सेती विक र ४८ वर्षिय शिव कुमारी विक रहेका छन् ।
चालक रामपुर ३ गण्डकी ढिकका दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायणघाट पठाईएको छ । बस सडकबाट झण्डै १ सय मिटर तल खसेको छ ।