चुच्चे नक्सा जारीमा चर्चित जिल्ला दार्चुलाबाट एमालेले चुनावी अभियान सुरु गर्ने
कार्तिक १४
एमालले भारतसँग मुख्य सीमा विवाद रहेको जिल्ला दार्चुलाबाट देशव्यापी ‘आक्रामक’ चुनावी अभियान थाल्ने भएको छ ।
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले तय गरेको कार्यक्रमअनुसार अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको खलंगाबाट अभियानको सुरुवात गर्ने छन ।
ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर चुच्चे नक्सा जारी गरेको विषयलाई उपलब्धिका रुपमा लिँदै एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । केन्द्रीय निर्वाचन परिचालन कमिटीले करिब ४० जिल्लाका चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम राखेको छ । पश्चिमबाट सुरु हुने ओली नेतृत्वको देशव्यापी चुनावी प्रचार अभियान पूर्वी नेपालमा पुगेर सम्पन्न हुने बताईएको छ ।
यहि १६ गतेसम्म कुन–कुन स्थानमा आमसभा गर्ने तालिका सार्वजनिक गर्ने तयारी रहेको बताईएको छ ।