२० ग्योरेन्टी सहित २० हजार शब्दको एमाले चुनावी घोषणापत्र सार्वजनिक
कार्तिक १५
नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज मंगलबार एमाले अध्यक्ष केपी ओलीले विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा २० हजार शब्द रहेका छन् । जसमा अध्यक्ष ओलीले ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ ।
डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत गरिएको छ । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ ।
यस्ताछन् २० ग्योरेन्टी
१ पहिलो सेसनः समृद्धि अधिवेशन,
२ नेपालीलाई मात्र नागरिकता
३ हंगर नो लंगर
४ उत्पादन स्वदेशी स् बजार विदेशी
५ सुरक्षित छाना – पुग्छ सबैको चाहना
६ कमाइ – युवाको रोजाई
७ पढाइ – भविष्यको जग बसाइ
८ सुगर प्रेसर – भइन्न बिरामी औषधि बेगर
९ फ्रि मिटर – १० हजार लिटर
१० फ्रि युनिट – ५० युनिट
११ खेतबारीमा पानी – खाडीमा हैन स्वदेशमै लगानी
१२ दिनदिनै सडक विस्तार – विकासका पूर्वाधारको आधार
१३ भूमिगत तार – सहर बजार
१४ नो लाइन – सेवा अनलाइन
१५ ५ लाख रोजगार – न्यूनतम ज्याला २५ हजार
१६ समृद्धिसँगको नाता – सबैको बैंक खाता
१७ स्वास्थ्य महिनावारी – १५ सय वर्षभरि
१८ फाइभजी सञ्चार – आइटीमा चमत्कार
१९ हामी समाजिम – सभ्य नागरिक
२० हाम्रो अर्थ – १०० वर्ष