रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार , तीन जना पक्राउ
कार्तिक १७
रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जना पक्राउ परेका छन्।
१८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा
सैनामैना ११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनीहरूको खोजी तीव्र पारिएको डिएसपी अर्यालले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ ।
कञ्चन गाउँपालिका २ गोफ्लापुरमा दुवै किशोरीलाई उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।