खुला प्रतिस्पर्धाबाट छनोट भएका स्थायी शिक्षक नियुक्तिको सिफारिस
कार्तिक १७
खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका स्थायी शिक्षक नियुक्तिका लागि शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको छ।
आयोगले माध्यमिक तहमा छनोट भएका एक हजार १ सय ८४ जनालाई नियुक्तिको सिफारिस गरेको हो। छनोट भएका सबै शिक्षकले केन्द्रमा सम्पर्क गर्नुपर्ने हुन्छ।
केन्द्रले जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइलाई ती शिक्षकलाई पदस्थापनाका लागि सिफारिस गर्नेछ। ती शिक्षक नियुक्तिका लागि २०७८ माघमा आयोगले परीक्षा सञ्चालन गरेको थियो।
सबै विषयका लागि कुल एक हजार ४ सय ७८ स्थानका लागि परीक्षा सञ्चालन गरिएको थियो। जसका लागि ३५ हजार ५ सय ५६ जना परीक्षामा सहभागी भएका थिए। उक्त परीक्षाबाट तीन हजार ८ सय ८६ परीक्षार्थी मात्र सामान्य परीक्षामा सफल भएका थिए तर दोस्रो तहको परीक्षामा पनि सफल भएर भने एक हजार ४ सय ७८ जना मात्रै अन्तर्वार्तामा सहभागी भएका थिए।