बुटवल तानसेन सडक खण्डको झुम्सामा बसको ठक्करबाट मोटरसाईकलमा सवार एकजनाको ज्यान गयो ।
कार्तिक १९
बुटवल तानसेन सडक खण्डको झुम्सामा बसको ठक्करबाट मोटरसाईकलमा सवार एकजनाको ज्यान गएको छ । हिजो दिउँसो भएको दुर्घटनाबाट स्याङ्जा चापाकोट ५ का ४१ वर्षिय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।
पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको ग् १६ प १४८६ नमबरको मोटरसाईललाई बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको बताईएको छ ।