छत्रकोट गाउँपालिकाद्धारा गुल्मीले साढे पाँच महिनाको उपलब्धी सार्वजनिक
कार्तिक २२
छत्रकोट गुल्मी
छत्रकोट गाउँपालिका गुल्मीले नियमित पत्रकार भेटघाट कार्यक्रम गरेको छ ।
कार्यक्रममा पूर्वघोषित प्रतिबद्धता कार्यान्वयनका विषयमा, गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले जानकारी गराउनुभयो । अध्यक्ष पाण्डेयले कार्यालयमा आउने सेवाग्राहीको काम चुस्तदुरुस्त बनाउन आधारभूत प्रणालीमा सुधारदेखि प्रारम्भिक विकासक्रमबारे जानकारी गराउनु भएको थियो।
स्थानीय सरकार बनेको करिब साढे पाँच महिनाको अवधिमा २० युनिटसम्मको विद्युत् महशुल नि शुल्क गरिएको । जसबाट ५ हजार ३ सय ४७ घरधुरी लाभान्वित भएाका। दुई ओटा एम्बुलेन्स खरिदको प्रक्रिया पनि अन्तिम चरणमा पुर्याईएको,
छत्रकोट ४ दिगामको पिपलनेटादेखि दिगाम घडेरीटोल जोड्ने १९५० मि। बाटो कालापत्रे गर्ने कामका लागि टेण्डर प्रक्रिया सकेर काम शुरु हुन लागेको , अवधिमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गाप्राप्तिको काम पनि सकिएको अध्यक्ष पाण्डेयले सार्वजनिक गर्नु भयो ।
अध्यक्ष पाण्डेयले युुवा स्वरोजगार तथा स्थानीय उत्पादन प्रोत्साहन गर्न ल्याइएको उद्यमीकर्जासम्बन्धि योजनाको कार्यविधि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै युवाहरुलाई यसमा जोडिएर स्वरोजगारीको अवसर लिन आव्हान गर्नुभयो ।