भूकम्पले घर भत्किदा डोटीमा ३ जनाको मृत्यु
कार्तिक २३
डोटी —
आज बुधबार बिहान २: १२ मा आएको भूकम्पले घर भत्किदा डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ३ जनाको मृत्यु भएको स्थानीयबासीले जानकारी दिएका छन् ।
उद्वार कार्यकालागि घटनास्थलमा खटिएका नेपाली कांग्रेस ३ का वडासभापति दिर्घ बोहराले संचारमाध्यम संग टेलिफोनमा कुराकानी गर्दै ३ जनाको शब स्थानीयले बाहिर निकालिसकेको जानकारी दिए । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छैन । त्यसैले क्षतिको पूर्ण र औपचारिक विवरण आएको छैन ।
गम्भिर घाईते भएका प्रेम सिं बोहरालाई पनि स्थानीयले भत्किएको घरबाट बाहिर निकालेका छन् । उनको अवस्था चिन्ताजनक रहेको वडासभापति बोहराले बताएका छन् ।
घाईते बोहराको श्रीमति र २ छोरी भने घरभित्रै फसेका छन् । स्थानीयले उद्वारका लागि प्रयास गरिरहेका छन् ।
सो वडामा ७ घर भूकम्पले पूर्णरूपमा क्षति गरेको स्थानीयले बताएका छन् ।
डोटीको खप्तड राष्ट्रिय निकुञ्ज भित्र केन्द्रबिन्दु बनाएर २ बजेर १२ मिनेटमा ६.६ रेक्टरको भूकम्प जाँदा डोटीमा धनजनको क्षती भएको छ ।