बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
कार्तिक २४
बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो।
आज बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता ४.१ रेक्टरस्केल मापन भएको केन्द्रले जनाएको छ।
यसअघि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर बुधबार बिहान गएको भूकम्पको धक्काले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो। डोटीको पूर्वीचौकी गाउँपालिका ३ मा भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए।