लुम्बिनीका प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २५ क्षेत्रको मत परिणाम सार्वजनिक भइरहेको छ । गुल्मी १ कालिगण्डकी २ मा रोकिएको एक केन्द्रमा आज मतदान भइरहेकाले मतगणना गर्न बाँकी छ ।
पछिल्लो जानकारी अनुसार
नवलपरासीका दुई क्षेत्रमध्ये
१ मा कांग्रेसका विनोद चौधरी र २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले अग्रता लिएका छन् ।
रुपन्देहीका ५ क्षेत्रमध्ये
१ मा एमालेका छविलाल विक,२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, ३ मा राप्रपाका दीपक बोहरा,४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र ५ मा एमालेका वासुदेव घिमिरे, ले अग्रता लिएका छन् ।
पाल्पाका दुई क्षेत्रमा एमालेका उम्मेदारले अग्रता लिएका छन् । १ बाट नारायण आचार्य र २ मा ठाकुर गैरेले अग्रता लिएका हुन् ।
गुल्मी २ मा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् भने
१ मा स्थगित भएको एक केन्द्रमा आज मतदान भएपछि गणना हुनेछ ।
अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् ।
कपिलवस्तुको १ मा एमालेका बलाराम अधिकारीले अग्रता लिएका छन् भने २ मा कांग्रेसका सुरेन्द्र आचार्य र ३ मा अभिषेक शाहले अग्रता लिएका छन् ।
दाङका ३ क्षेत्रमध्ये
१ मा नेकपा एसका मेटमणि चौधरी,
२ मा माओवादीका रेखा शर्मा,
३ मा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् ।
बाँकेको १ मा एमालेका सूर्य ढकाल,
२ मा राप्रपाका धवलशमशेर राणा र
३ मा कांग्रेका किशोरसिंह राठोरले अग्रता राखेका छन् ।
बर्दिया १ मा नागरिक उन्मुक्तिका ठाकुरसिंह थारु र २ मा स्वतन्त्रका लालबिर चौधरीले अग्रता लिएका छन् ।
रुकुमपूर्वमा माओवादीका पूर्णबहादुर घर्तीले अग्रता लिएका छन् ।
रोल्पामा माओवादीका वर्षमान पुनले अग्रता लिएका छन् ।
आज मंगलबार मात्रै गणना सुरु भएको प्युठानमा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिएका छन् ।
एमाले बाट
रुपन्देही १ छविलाल विश्वकर्मा, ५ मा वासुदेव घिमिरे, पाल्पा १ नारायण आचार्य, २ ठाकुर गैरे, गुल्मी २ गोकर्ण विष्ट, अर्घाखाँची टोपबहादुर रायमाझी, प्यूठान सूर्य थापा, कपिलवस्तु १ बलाराम अधिकारी, बाँके १ सूर्य ढकाल
कांग्रेस बाट
पश्चिम नवलपरासी १ विनोद चौधरी,
कपिलवस्तु २ सुरेन्द्र आचार्य र ३ मा अभिषेकप्रताप शाह, दाङ ३ दिपक गिरी, बाँके ३ किशोरसिंह राठौर
माओवादी बाट
रुकुम पूर्व पूर्णबहादुर घर्ती, रोल्पा वर्षमान पुन, दाङ २ रेखा शर्मा
लुम्बिनीका नौ निर्वाचन क्षेत्रमा एमाले अगाडि, कसको अग्रता कहाँ
पश्चिमनवलपरासी २ ध्रुवबहादुर प्रधान, रुपन्देही ३ दीपक बोहरा, बाँके २ धवलशमशेर राणा
स्वतन्त्रस्
बर्दिया २ लालबीर चौधरी
नागरिक उन्मुक्ति
बर्दिया १ ठाकुरसिंह थारु
नेस्वपाः
रुपन्देही २ गणेश पौडेल
लोसपाः
रुपन्देही ४ सर्वेन्द्रनाथ शुक्ला
एकीकृत समाजवादी स्
दाङ १ मेटमणि चौधरी