छत्रकोट गाउँपालिकाको पिपलनेटा-घडेरीटोला मोटरबाटो कालोपत्रे सुरू,अतिरञ्जित हल्ला नगर्न अध्यक्षको आग्रह
मंसिर १४
छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिकाको वडा नं. ४ पिपलनेटा देखि घडेरीटोल सम्म मोटरबाटो कालोपत्रे गर्न सुरू गरिएको छ ।
आज एक समारोहका बिच गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले कालोपत्रे सुभारम्भको सुरूवात गर्नु भएको हो । लुम्बिनी प्रदेश र गाउँपालिकाको संयुक्त लगानिमा १३ सय मिटर बाटो करिब २ करोड ३ लाख रूपैयाको लागतमा आगामी असार मसान्त सम्ममा सम्पन्न हुने गरि काम सुरू गरिएको छ ।
सुभारम्भ कार्यक्रममा बोल्दै पालिका अध्यक्ष पाण्डेयले पिपलनेटा दौघा,बिरबास कोलधरी र भेडुवा सिस्ने मोटरबाटो स्तरउन्नती गरि कालोपत्रे गर्ने लगायतका विभिन्न पूर्वाधारका काम र स्थानियसंग जोडिएका अन्य काममा चालू ६ महिनामा उल्लेख्य काम भएको दाबी गर्नु भयो ।
फरक प्रसंगमा राजनैतिक पुर्वाग्रह राखेर बिकासका उपलब्धिलाई भ्रम सृजना गर्न अतिरञ्जित हल्ला नगर्न आग्रह गर्नु भयो । उहाले नवनिर्वाचित प्रदेश र संघका जनप्रतिनिधि सबैका प्रतिनिधि भएकोले रचनात्मक सहयोग अपेक्षा राखेको बताउनु भयो ।
कार्यक्रमको सहजिकरण योजना अधिकृत हरि टण्डनले गर्नु भएको थियो । योसंगै छत्रकोट गाउँपलिकामा तानसेन तम्घास मुख्य सडक बाहेक शाखा मोटर बाटो कालोपत्र गर्न लागिएको दोस्रो बाटो हो तर पहिलो भेडुवा हुँगा मोटर बाटो कालोपत्रेको काम निर्माण ब्यवसायीका लापरबाहीका कारण अलपत्र छ ।