लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तरगत छत्रकोट गाउँपालिका गुल्मीले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
मंसिर १४
छत्रकोट गाउँपालिका
लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तरगत छत्रकोट गाउँपालिका गुल्मीले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको अभियान अन्तरगत आज वडा नं. ५ को, आत्मबोध मा बिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
‘सभ्य समाजको पहिचान लैंगिक हिंसा बिरूद्धको अभियान’ भन्ने नारा सहित मनाईने अभियानमा कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले लिंगका आधारमा कुनै पनि किसिमको हिंसा गर्न नहुने बताउनु भयो । उहाले हाम्रो समाजमा लिंगका आधारमा महिला तथा तेस्रोलिंङ्गी भनेर चिनिने समुदाय अझैपनि उपेक्षामा परिरहेको बताउदै पछिल्लो समय बैदेसिक रोजगारीले पुरूष पनि हिंसाको सिकार बन्दै गएको बताउनु भयो ।
कार्यक्रममा बिद्ध्यालयका सिक्षक अभिभावक संघका अध्यक्ष तुलसिराम पन्थको अध्यक्षता रहेको थियो ।
अन्तरक्रियामा वडा अध्यक्ष रामप्रसाद कडेल वडा सदस्यहरू गंगा बलाल,उर्मिला आचार्य नेपाली,किमबहादुर कुमाल, आत्मबोध मा बिका प्रअ बिष्णु प्रसाद ज्ञवाली, वडा सचिब कमल लम्साल लगायतको सहभागिता रहेको थियोे ।
कार्यक्रममा महिला तथा बालबालिका शाखाकी सीता थापा,रोजगार संयोजक शोभा श्रेष्ठ ,फिल्ड सहायक सृजना पन्थले सहजिकरण गर्नु भएको थियो ।
गाउँपलिकाले गत १३ गते देखि माबि केन्द्रीकृत विशेष कार्यक्रम गरिरहेको छ ।