मंसिर १५
छत्रकोट गाउँपलिका वडा नं। ३ हर्दिनेटामा सुबिधा सम्पन्न स्वास्थ्य चौकी निर्माण सुरू भएको छ ।
गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले आज एक समारोहकाबीच स्वास्थ्य चौकीको सिलन्यास गरे संगै निर्माण सुरू गरिएको हो ।
सिलन्यास गर्दै गाउँपालिका अध्यक्ष पाण्डेयले भौतिक पूर्वाधारमा पालिकाले गति लिएको बताउनु भयो । जनताको मुख्य आवस्यकता स्वास्थ्य भएकोले स्वास्थ्यका क्षेत्रमा भवन निर्माण , २ वटा एम्बुलेन्स खरिद लगायतका उल्लेख्य काम भएकोमा खुसी ब्यक्त गर्दै समयमै गुणस्तरीय काम गर्न निर्माण ब्यवसायी लाई निर्देशन दिनु भयो ।
संघिय सरकारको बिशेष अनुदान कार्यक्रम अन्तर्गत करिब १ करोड ७१ लाख ३६ हजार रूपैयाको लगानिमा आगामी १८ महिनामा निर्माण सम्पन्न हुने छ ।
भवन निर्माणका लागि आवस्यक जग्गा वडा नं। ३ का अध्यक्ष तेजकान्त अर्यालले निसुल्क दिनु भएको थियो ।
कार्यक्रमको सहजीकरण योजना शाखाका हरि टण्डनले गर्नु भएको थियो ।