मानबिय सहयोगको लागि सत्यवती गाउँपालिका सधै जनता संगै छ : गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेय
मंसिर १९
सत्यवती गाउँपालिका
मंसिर ७ गते सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेक कुटडाँडामा जिप दुर्घटनामा परि ज्यान गुमाउनेका परिवारलाई गाउँपालिकाले ३५ हजार सहयोग दिने भएको छ ।
घाईतेहरुलाई ५ हजार दिने कार्यबिधीमा भए पनि उक्त रकम थोरै हुने भएकोले आगामी कार्यपालिका बैठक पछि थपेर सहयोग गरिन र दुर्घटना बिभिन्न कारणले हुने भए पनि दुर्घटना न्युनीकरणको लागि बाटोको स्तरउन्नती गरिने गाउपालिका अध्यक्ष टिकाराम पाण्डेयले बताउनु भयो ।
हिजो १३ औ दिनको तिथीका अवसरमा समबेदना दिन दुर्घटनामा परि ज्यान गुमाउनेका घरपरिवारलाई भेट्दै उहाले, रातीको समय बिकट भुगोल भए पनि घटना भएको २ घण्टा भित्रै एम्बुलेन्स डाक्टर सुरक्षाकर्मी र जनप्रतिनीधी स्थानिय घटना स्थल पुगेर उद्धारमा जुटेको र मृतकको पोष्टमार्टम लगायतका काममा पालिकाले नै सहजीकरण गरेको बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले घटना भए पछिको सबै प्रक्रियामा गाउँपालिकाले निरन्तर सहयोग गरेको र आगामी दिनमा पनि आश्रीत परिवार र घाईतेलाई आवस्यक सहयो गर्ने बताउनु भयो ।
मंसिर ७ गते दुर्घटना परि झलक बहादुर सोमै उहाकी श्रीमती जमुना सोमै छिमेकी मिलन तरामु, टिकाराम राहदी र रन बहादुर सिंजापतिको मृत्यु भएको थियो । खण्डन सोमै, गिर बहादुर राहदी, चेतमान सिंजापती र कारबेलिङ्ग सोमै घाईते हुनु भएको छ । घर नजिकै एउटै टोलका ५ जनाको मृत्यु र ४ जना घाईते भए पछि कुटडाँडा सोकमग्न छ ।
हिजो १३ औं दिनको तिथीका अवसरमा समबेदना दिन गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे उपाध्यक्ष निरमाया तरामु प्रमुख प्रसासकिय अधिकृत कमल भुषाल लगायत मृतक र घाईतेका घरमा पुग्नु भएकने थियो ।