लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सत्यवती गाउँपालिकामा बिद्यालय र बिद्यार्थी केन्द्रित
सागर बि सी
मंसिर २०
सत्यबती गाउँपालिका
सत्यवती गाउँपालिका गुल्मीले लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत आज वडा नं. १ अस्लेवा र वडा नं. २ चेहेमीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले लैंगिक हिंसा ब्यक्ति ,घरपरिवार,समुदाय , बिद्यालय लगायत सार्वजनिक ठाउँमा हुने भएकोले बिद्यालय लक्षित कार्यक्रम गरिएको बताउनुभयो । आयआर्जन पनि हिंसाको कारण देखिएकोले आफ्नो श्रम र सीप आर्थिक शसक्तिकरणमा लगाई भाइचाराको सम्बन्ध बिकास गरि हिंसा न्यूनीकरण आफुबाट शुरु गर्नुपर्ने बताउनुभयो
सत्यवती गाउँपालिका १ अस्लेवाको, जनता माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा सहायक प्रधानाध्यापक बिष्णु प्रसाद पाण्डेले हिंसा न्युनीकरणमा राज्यले प्रत्येक बर्ष लगानी गरेको तर चेतनाको कमीले हिंसा घट्न नसकेकोले सचेतना का कार्यक्रम बिद्यार्थी लक्ष्यित गरेकोमा खुसी ब्यक्त गर्नु भयो ।
वडा अध्यक्ष अर्जुन कनौजे, स्वास्थ्य चौकी प्रमुख कृष्ण पाण्डेले सुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रम सिक्षक मणि ज्ञवालीले संचालन गर्नु भएको थियो ।
वडा नं. २ चेहेमीमा लक्ष्मिपुर माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा प्रधानाध्यापक राम प्रसाद पाण्डेले यस अभियानमा एकाकार भएर लाग्ने बताउदै स्वागत गर्नु भएको थियो ।
वडा अध्यक्ष खड्गबिर थापाले हिंसाका घटना, को बाट कसरी हुने गर्छ , त्यसको तथ्यांक वडाले राख्ने र घटना न्युनिकरण गर्ने उपाय सृजनात्म ढंगले अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रम शिक्षक शेर बहादुर कुंवरले संचालन गर्नु भएको थियो ।