रुरु क्षेत्रगाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १३ बिद्यालयका बिद्यार्थीहरु बिच वक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न
चुरामणि तिमिल्सिना
मंसिर २०
रुरुक्षेत्र गाउँपालिका
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तरगत माध्यामिक बिध्यालय र आधारभूत बिद्यालयका १३ बिद्यालयका बिद्यार्थीहरु बिच वक्तित्वकला प्रतियोगिता कार्यक्रम पालिकाकामा सम्पन्न भएको छ ।
सब्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने शीर्षकमा आयोजना गरिएको कार्यक्रममा जनज्योति माबि रिमुवाका सन्देश पौडेल प्रथम, भरेक आधारभुत बिध्यालय रुरु २ का रोसन बराल द्वितीय, रिडी माबि कि भगबति कुवर तृतीय र संस्कृत तथा साधारण मावि रिडीका प्रतिक पोख्रेलले सान्त्वना स्थान हासिल गरेका छन।
गाउँपालिका अध्यक्ष यदुज्ञवालीको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल, वडा न १ का वडा अध्यक्ष नवराज बिक, वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेल , वडा न ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ , कार्यापालिका सदस्यहरु , जन प्रतिनिधिहरु सरोकारवाला हरु विभिन्न बिधालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु पत्रकार र पालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागीता रहेको थियो
कार्यक्रममा बिजेता बिद्यार्थी तथा बिधालयहरु लाई नगद , जिन्सी र प्रमाणपत्र बितरण गरिएको थियो।
समारोहमा बोल्दै अधिकृत पौडेलले यस्ता सचेतनामूलक कार्यक्रम बर्षमा १ मात्र गरेर नहुने र हरेक बिध्यालय गाउँ टोल छिमेकमा समय समयमा गर्न सकिने हो भने सकारात्मक प्रभाव पर्ने बताउनु भयो ।
यस्तै अध्यक्ष ज्ञवालीले अवका बर्षहरुमा पालिका बिधालय टोल बस्तिमा चेतनामुलक कार्यक्रम सडक नाटक ब्रोसर र कक्षा समेत प्रहरीसंग समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । वक्तित्वकला प्रतियोगितामा पशुपति कंडेल हरि प्रसाद चुदालि र रुरुका शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले निर्णयकको भुमिका निर्बाहा गर्नु भएको थियो।
कार्यक्रमको सन्चालन कार्यक्रम संयोजक दामोदर ज्ञवालीले गर्नु भएको थियो ।