अहिलेको निर्वाचन परिणामले स्थायित्व र निकास दिन्न एमाले नेता ज्ञवाली
कृष्ण अन्जान
मंसिर २१
गुल्मी
नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले अहिलेको निर्वाचन परिणामले मुलुकलाई स्थायित्व र निकाश दिन नसक्ने बताएका छन ।
निर्वाचन पछि मतदातालाई धन्यवाद दिन रुरुक्षेत्र गाउँपालिका रिडी आएका एमाले नेता ज्ञवालीले रुरुक्षेत्र १ रिडी र वडा न २ ग्वादिका पार्टी कार्यकर्ता माझ बोल्दै सम्पूर्ण राज्य सँयन्त्र प्रयोग गर्दा पनि गठबन्धनको सामान्य बहुमत समेत नआएको बताउँदै गठबन्धनले सोँचेको उपलब्धि प्राप्त नगरेको टिप्पणी गरे ।
शहरि क्षेत्रमा आक्रोस र असन्तुष्टिका मतहरु नयाँ पार्टीमा जाँदा एमालेले क्षति वेहोर्नु परेको उनले बताए ।
पछिल्लो समय पार्टी भित्र बढेको विकृतिप्रति सचेत रहँदै यदि कसैले पार्टीलाई असहयोग गरेका अधार र प्रमाण भेटिए निर्ममता पुर्वक समीक्षा गर्न कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीलाई वैचारिक र सँगठनात्मक रुपमा सुदृढ पार्दै जनताका मुद्दामा आन्दोलनलनात्मक रुपमा अघि बढ्न समेत एमाले नेता प्रदिप कुमार ज्ञवालीले कार्यकर्तालाई निर्देशन दिए ।
धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य फर्सुराम पाण्डेले सिरियल किलरको रुपमा प्रयोग भएका केही पार्टी कार्यकर्ताहरुले अन्तरघात गरेर पनि प्रमाण समेत मेटाएको हुन सक्ने आशँका गर्दै पार्टीले गहिरो अध्ययन गरि त्यस्ता नेता कार्यकर्तालाई कारवाहि गर्नु पर्ने बताए ।
गुल्मी क्षेत्र न १ ‘ख’ मा पराजय भोगेका एमाले नेता पाण्डेले उम्मेदवारका लागि हारजित स्वाभाविक भएपनि पार्टीका लागि हारले ठुलो महत्त्व राख्ने बताउँदै पार्टीले हार्दा खुशि हुने अन्तरघातिलाई पहिचान गरेर पार्टिबाट बिदा गर्नु पर्नेमा उनको जोड थियो ।उनले भने अरु पार्टीबाट आउनेलाई स्वागत गरिन्छ भने अन्तरघात गर्नेहरुलाई पार्टीबाट बिदाई गर्नु पर्ने उनको भनाई थियो ।
नेकप एमाले रुरुक्षेत्र गाउँपालिका वडा न १ कमिटीका अध्यक्ष नवराज विकको अध्यक्षतामा भएको कार्यक्रममा वडा न २ का तर्फबाट घनस्याम अर्यालले स्वागत सँगै वडाको रिपोर्ट र वडा न १ का पार्टी सचिव चिरन्जिवि ज्ञवालीले वडा न १ को रिपोर्ट र कार्यक्रम सन्चालन गरेका थिए ।
धन्यवाद ज्ञापन कार्यक्रममा एमाले जिल्ला ,पालिका वडा तहका नेता कार्यकर्ता ,जनवर्गीय सँगठनका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेकपा एमालेले क्षेत्र न १ का विभिन्न पालिकामा धन्यवाद ज्ञापनको कार्यक्रम मँगलबार देखि शुरु गरेको रिडीबाट पत्रकार कृष्ण अन्जानको समाचारमा उल्लेख छ ।