कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैटक बस्दै
पुष ३
काठमाडौं
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ।
बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ। बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन गर्ने कांग्रेसको तयारी छ।
संसदीय दलको नेताका लागि फेरि पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै दाबी गर्ने देखिएको छ।