धादिङमा बस र माईक्रोबस ठोक्किदा एक जनाको मृत्यु
पुष ६
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखु–गजुरी सडक खण्डमा बस र माईक्रोबस ठोक्किदा एक जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
भैरहवाबाट काठमाण्डौका लागि छुटेको लु २ ख २६४४ नम्बरको बस र काठमाण्डौबाट धादिङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माईक्रोबस हिजो बेलुका एकआपसमा ठोक्कीएर दुर्घटना भएको हो । दुर्घटनामा माईक्रोबसमा रहेकी एक महिलाको ज्यान गएको र ज्यान गुमाउनेको परिचय नखुलेको बताईएको छ ।
दुर्घटनामा माईक्रोबसमा रहेका ११ जना र बसमा सवार ४ जना यात्रु घाइते भएका छन् । घाइते माईक्रोबसमा रहेका यात्रुलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । अरु सामान्य घाइतेको गजुरीमा उपचार भएको छ ।